Home / Nepal / News / शिल्पा आफ्ना सन्तानलाई श्रीमानको गलत सम्पत्तिबाट टाढा राख्ने योजनामा

शिल्पा आफ्ना सन्तानलाई श्रीमानको गलत सम्पत्तिबाट टाढा राख्ने योजनामा

मुम्बई : अभिनेत्री शिल्पा सेठ्ठी उनका थुनामा रहेका श्रीमान राज कुन्द्राबाट आफ्ना दुई सन्तानलाई टाढा राख्ने योजना बनाइरहेकी छिन्।

शिल्पाको नजिकका एक साथीलाई उद्रित गर्दै बलिउड हंगामा लेख्छ, “राज कुन्द्राको समस्याहरु यति छिटै हल हुने देखिदैनन्। यसको विपरित उनीहरु यसलाई बढाइराखेका छन्। राज कुन्द्राको अश्लिल भिडियो निर्माण र प्रशारणको मुद्दामा बाँकी जस्तै शिल्पा पनि अच्चमित छिन्। सिल्पालाइ उनका श्रीमान हिरा र डुप्लेक्स हानिकारक स्रोतबाट नजिक थिए भन्ने कुरामा उनलाई कुनै सुराक थिएन।”

यही कारण हो शिल्पा आफ्ना सन्तानलाई श्रीमानको गलत सम्पत्तिबाट टाढा राख्न चाहान्छिन्। उनी आफैं पनि राजको एक पैसा पनि नलिने निर्णयमा पुगेकी छिन्।

“हामीले थाहा पाएसम्म उनी राजको सम्पत्तिबाट एक सुक्का पनि लिने छैनन्” उनको साथी भन्छिन्, “उनले रियालिटी शोमा निर्णायक बनेर राम्रो पैसा कमाएकी छिन्। हंगामा २ र रिलिज हुन बाँकी निकम्मा पछि थप चलचित्र खेल्ने चाहेको इच्छा उनले इन्डष्ट्रिमा पुर्याइसकेकी छिन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *