Home / Nepal / News / काठमाडौं महाबौद्धका एउटै परिवारका ५ जनामा कोरोना संक्रमण

काठमाडौं महाबौद्धका एउटै परिवारका ५ जनामा कोरोना संक्रमण

काठमाडौं  । वीरगन्ज घर भईर हाल काठमाडौंको महाबौद्ध बस्दै आएका एउटै परिवारका ५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण  देखिएको छ । 

गत बिहीबार छोरो र छोरीमा कोरोना संक्रमण देखिएको थियो । सोही परिवारको अन्य तीन सदस्यमा पनि कोरोना परीक्षण गर्दा आमा,बुबा र नातिनीमा समेत कोरोना संक्रमण देखिएको पाइएको हो ।

भारतको सीतामणिबाट नातिनी र छोरी करिब १५ दिनअघि काठमाडौको महाबौद्ध आएको स्थानिय बताउँछन् । अन्य तीन सदस्य काठमाडौं बाहिर नगएका र महाबौंद गणेशमन्दिर जाने बाटोमा  अण्डर गार्मेन्ट पसल सञ्चालन गर्दै आएको समेत खुलेको छ ।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले एउटै परिवारका ५जना कोरोना संक्रमित उपचाररत रहेको जानकारी दिए । 

उनका अनुसार दिदी र भाइलाई गत विहिबार नै कोरोना पुष्टि भएर भर्ना भएका थिए भने आमा,बुबा र (विहिबार भर्ना भएकी छोरीको छोरी)  नातिनी आज कोरोना पुष्टि भएर भर्ना भएका जानकारी दिए । 

स्थानियहरुले त्यो पसल वरिपरीका १ सय जनाको नमुना संकलन गर्न माग गरेका छन् तर हालसम्म कन्ट्याक टे«सिङ  टिम पनि आएको छैन् भने कसैको पनि नमुना संकलन नगरेको  स्थानियहरु बताउँछन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *