Home / Nepal / News / कोरोनाले थप १६ जनाको मृत्यु, २००४ संक्रमित थपिए

कोरोनाले थप १६ जनाको मृत्यु, २००४ संक्रमित थपिए

काठमाडौं : स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा बिहीबार थप दुई हजार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ६ सय ५८ पीसीआर परीक्षणका क्रममा एकहजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षणका क्रममा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २०८ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ।

त्यस्तै थप १ हजार ८ सय ४६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २१ हजार १ सय ८२ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ३३ हजार ९ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र ३०२ जना क्वारेन्टिनमा छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण १० हजार ७८६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *