Home / Nepal / News / लागुऔषध मुद्दामा छोरालाई प्रकाउ गरेपछि शाहरुख फिचर्ड विज्ञापन प्रसारणमा रोक

लागुऔषध मुद्दामा छोरालाई प्रकाउ गरेपछि शाहरुख फिचर्ड विज्ञापन प्रसारणमा रोक

मुम्बई : बलिउडका चर्चित अभिनेता शाहरुख खान लोकप्रिय ‘टिचिङ एप्लिकेसन’ ‘बाइजू’ का ब्रान्ड एम्बेसडर हुन्।

अभिनेता शाहरुखका छोरा आर्यन खानलाई लागुऔषध मुद्दामा एनसीबीले पक्राउ गरेसँगै पछिल्लो रिर्पोटअनुसार बाइजूले शाहरुख फिचर्ड आफ्नो सबै विज्ञापन सार्वजनिक गर्न रोक लगाएको छ। आर्यनको केसपछि सामाजिक सञ्जालमा शाहरुखविरुद्ध नकारात्मकता बढेपछि बाइजूले यस्तो निर्णय लिएको हो ।

बलिउडका अभिनेता शाहरुख खान थुप्रै अन्तर्राष्ट्रिय टप ब्रान्डसँग जोडिएका छन् । दुबई टुरिजम, आईसिआईसिआई बैंक, हुन्डाई, एलजी, रिलायन्समध्ये बाइजू शाहरुखको ठूलो स्पोन्सर दिल गरेको ब्रान्डमध्ये एक हो। बलिउड हंगामाका अनुसार यो ब्रान्डसँग शाहरुखले वर्षको ३ देखि ४ करोडको सम्भौता गरेका छन्।

आर्यनको केस आउनु १–२ महिनाअघि मात्रै नयाँ एक क्याम्पियन लन्च गरेको थियो। तर, आर्यनको केसका कारण यसको प्रमोसनको काम रोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *