Home / Nepal / News / वरिष्ठ आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइरालाको निधन

वरिष्ठ आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइरालाको निधन

काठमाडौं : वरिष्ठ आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइरालाको निधन भएको छ।

हृदयघातका कारण उपचाररत डा. कोइरालाको मंगलबार दिउँसो १ बजे ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। भेन्टिलेटरमा उपचाररत मृत्यु हुनुअघि उनको ‘ब्रेन डेथ’ भएको पुष्टि भएको थियो।

गत २३ साउनमा छातीमा असहजता भएपछि परिवारले हृद्धयघातको आशंका गर्दै उनलाई गंगालाल अस्पताल बाँसबारी पुर्‍याएको थियो।

२३ वर्ष सरकारी सेवामा बिताएका डा. कोइराला मुटु तथा मधुमेहका रोगी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *