Home / Nepal / News / प्रधानमन्त्रीले डा. केसीलाई छलफलका लागि बोलाए

प्रधानमन्त्रीले डा. केसीलाई छलफलका लागि बोलाए

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई छलफलका लागि बोलाएका छन् ।

डा. केसीका प्रेस संयोजक प्रीतम सुवेदीका अनुसार चिकित्सा शिक्षा सुधारका लागि पाँचबुँदे माग राख्दै अनशनको ‘अल्टिमेटम’ दिएका डा. गोविन्द केसीलाई प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे छलफलका लागि बोलाएको हो।

आफ्ना मागहरु पूरा नभए यही भदौ ३ गतेदेखि अनशन बस्ने चेतावनी दिएका डा. केसीलाई अल्टिमेटमको समय सकिन दुई दिन बाँकी रहँदा छलफलमा बोलाइएको हो। छलफलका लागि डा. केसीसहितको टिम ५ बजेअघि बालुवाटार जाने तयारीमा रहेको सुबेदिले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *