Home / World News / घरेलुु मैदानमा रिनाल्डोको टिम युभेन्टस सङ मेस्सिको टिम बार्सिलोना पराजित

घरेलुु मैदानमा रिनाल्डोको टिम युभेन्टस सङ मेस्सिको टिम बार्सिलोना पराजित

काठमाडौं- युरोपियन च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब बार्सिलोनालाई उसकै घरमा पराजित गरेको छ। नेपाली समयअनुसार बुधबार बिहान १:४५ बजे भएको समूह चरणको अन्तिम खेलमा पाहुना टोली युभेन्टसले कप्तान लिओनल मेस्सीसहितको घरेलु टोली बार्सिलोनालाई ०–३ को सिकार बनाएको हो।

बार्सिलोनाको घरेलु क्याम्प नोउ रंगशालामा भएको खेलमा युभेन्टसलाई जिताउन प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोले २ पेनाल्टी गोल गरे भने युवा खेलाडी वेस्टन म्याकेनीले १ शानदार फ्लाइङ गोल गरेका थिए। युभेन्टसको रक्षापंक्तिसामु बार्सिलोनाका लिओनल मेस्सीसहितका खेलाडीको कुनै सीप नचल्दा बार्सिलोनाले ठूलो अन्तरको हार भोग्न बाध्य भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *