काठमाडौं : हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिने भएका छन् । करिब तीनवर्ष अगाडि मीना ढकालसँगको २२ वर्ष लामो सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध बिच्छेद गरेका मनोजले पुनः विवाह गर्ने तयारी गरेका हुन् ।
“केही समय पछि म विवाह बन्धनमा बाँधिन लागेको कुरा साँचो हो । तर कोसँग, कहाँ र कहिले अहिले खुलाउँदिन,” मनोजले भने, “केही महिना अझै लाग्छ । घरायसी व्यवहारिक कुराहरु मिलाउँन बाँकी छ । एक–दुई महिना पछि मात्रै विवाह हुन्छ ।”
उनले पूर्वी नेपालमा विवाह गर्न लागेको जानकारी दिए । मनोज लोकप्रिय हास्य कलाकार हुन् ।






