Home / Society / लोकसेवा आयोग द्वारा ५ सय १३ जना शाखा अधिकृतका लागि दर्खास्त आव्हान-

लोकसेवा आयोग द्वारा ५ सय १३ जना शाखा अधिकृतका लागि दर्खास्त आव्हान-

लोक सेवा आयोगले पाँच सय १३ जनाका लागि शाखा अधिकृतको विज्ञापन खोलेको छ।

आयोगले बुधबार सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा खुल्ला र ज्येष्ठता गरी पाँच सय १३ जनाका लागि दरखास्त आव्हान गरेको हो।

दरखास्त दिने अन्तिम मिति पुस १४ गते सम्म रहेको छ । दोब्बर दस्तुरमा पुस २१ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *