Home / Nepal / News / ट्यांकरको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु

ट्यांकरको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु

चितवन : इन्धन बोकेको ट्यांकरको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ६ का बर्ष २२ का अब्जल देवान रहेका छन । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान साढे ६ बजे खैरहनी नगरपालिका वडा नम्बर ९ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउंँदै गरेको लु १ ख ६५८१ ट्यांकरले विपरीत दिशाबाट आइरहेको ना ४१ प ९८६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते देवानको उपचारको क्रममा बिहान ७ बजेर २० मिनेटमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *