Home / Sports / युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज राति रोनाल्डो र मेस्सी भिड्दै-

युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज राति रोनाल्डो र मेस्सी भिड्दै-

काठमाडौ- युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज राति समूह चरणको अन्तिम खेलमा युरोपका दुई हेभिवेट टोलीहरू स्पेनिस बार्सिलोना र इटालियन युभेन्टसको बहुप्रतीक्षित महाभिडन्त हुन गइरहेको छ। यस खेललाई समूह चरणको सबैभन्दा आकर्षक खेलका रूपमा हेरिएको छ।

नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट क्याम्प नोउमा सुरु हुने यश खेलमा रोनाल्डो र मेस्सी एकअर्काको आमनेसामने हुने छन।

सन् २०१८ मा रोनाल्डोले रियल मड्रिड छाडेपछि यी दुई खेलाडी आज राति पहिलोपटक एकअर्काविरुद्ध खेल्न लागेको हुनाले लाखौं फुटबलप्रेमीहरूका लागि यो खेल ठूलो प्रतीक्षाको खेल बनेको छ।

अघिल्लो महिना भएको पहिलो लेगमा बार्सिलोनाले युभेन्टसलाई उसकै घरेलु मैदानमा ०–२ ले हराएको थियो । तर, कोरोना भाइरसबाट संक्रमित बनेपछि रोनाल्डोले सो खेल गुमाएका थिए।

समूह चरणको अन्तिम २ खेल बाँकी छँदै अर्को चरण प्रवेश गरिसकेका दुबै टोलिलाइ आजको नतिजाले खासै फरक नपारेता पनि यो खेल प्रतिष्ठाको लडाइको रुपमा रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *