विराटनगर : कोभिड–१९ महामारीको बेला मृतकको शव व्यवस्थापन र संक्रमितका घर निर्मलीकरण गर्न सक्रिय युवालाई आइतबार गुराँस पुस्तकालय विराटनगरले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको छ।
कोरोनाको महामारीको बेला जनसेवामा खटिएको कार्यलाई कदर गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले युवालाई सम्मानित गरेका हुन्।
सम्मानित हुनेहरुमा राम नेपाल, सन्जोग गौतम, रविन कार्की, सुयोग चापागाईं, दृश्यमान शाक्य र अनुराग भण्डारी छन्। उनीहरू विराटनगरमा कोभिड -१९ को संक्रमणबाट मृत्यु भएकाहरुको शव परिवारको उपस्थितिमा सदगत गर्न सक्रिय थिए। यसैगरी, उनीहरुले संक्रमितका घर निर्मलीकरण गरिदिन्थे।
त्यस्तै, विराटनगरमा मुक्तिप्रसाद–यदुनाथ चापागाईं विशेषांक लोकार्पण प्रजातान्त्रिक आन्दोलनका अगुवा देवी डाँगीलाई पनि सम्मान गरेका छन्।






