काठमाडौं: देश्भरीमा पछिल्लो २४ घण्टामा थप २ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६ ९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी
आइतबार मात्र ४ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हाल देशभर ३ हजार ३ सय १२ जना सक्रिय संक्रमित रहेका मन्त्रालय ले जनाएको छ। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको र कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ मन्त्रालयले उल्लेख गरेको छ।






