Home / Politics / काँग्रेस केन्द्रीय समितिको निर्णय : पार्टी संविधान संंशोधनको पक्षमा

काँग्रेस केन्द्रीय समितिको निर्णय : पार्टी संविधान संंशोधनको पक्षमा

काठमाडौँ । नेपाली काँग्रेसले संसद्मा सरकारबाट प्रस्तुत गरिएको संविधान संशोधनको विधेयकको पक्षमा उभिने निर्णय गरेको छ ।

पार्टीको शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो ।


बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको पक्षमा पार्टीले साथ दिने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।


संसद्मा प्रमुख प्रतिपक्षको भूमिकाका रहेको काँग्रेसको यो निर्णयसँगै सरकारलाई संविधान संशोधनको विधेयकलाई संसद्बाट पास गराउन बलियो आधार मिलेको छ ।

सरकारले यस विषयमा राष्ट्रिय सहमति कायम गर्न कोसिस गर्नुपर्नेमा काँग्रेसले जोड दिएको छ ।

तर पार्टी जनुसुकै अवस्थामा पनि संविधान संंशोधनको पक्षमा उभिने निचोडमा काँग्रेस पुगेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।


बैठकको प्रारम्भमा पार्टी सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक, लिम्पियाधुराको भूभाग नेपालकै भएको उल्लेख गर्दै त्यसलाई विभिन्न प्रमाणले पुष्टी गरेको बताउनुभएको थियो ।

यस विषयमा सरकारले संसद्मा ल्याएको विधेयकलाई सकारात्मक रुपमा लिनुपर्छ भन्दै देउवाले सरकारले संविधान संशोधनको विषयमा यसअघि पार्टीसित आवश्यक समन्वय भने नभएको गुनासो गर्नुभएको थियो ।

‘तर पनि हामी संविधान संशोधनको पक्षमा उभिनुपर्छ’ भन्ने विचार बैठकमा सभापति देउवाले व्यक्त गर्नुभएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।


बैठकमा संविधान संशोधनका विषयमा खुलेर धारणा राख्न केन्द्रीय सदस्यहरुलाई देउवाले आह्वान गर्नुभएको थियो ।

त्यसपछि पार्टीका दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यले यस विषयमा आ आफना धारणा प्रस्तुत गर्नुभएको थियो ।

पार्टीले यस अघिको पदाधिकारीको बैठकले संविधान संशोधनको पक्षमा उभिने भन्दै यस विषयको अन्तिम निर्णय केन्द्रीय समितिको बैठकबाट गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार शनिबार पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *