Home / Politics / प्रचण्ड–नेपाललाई राजेन्द्र महतोको प्रश्न- तपाईंहरुको पार्टी कुन हो ?

प्रचण्ड–नेपाललाई राजेन्द्र महतोको प्रश्न- तपाईंहरुको पार्टी कुन हो ?

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको पार्टी कुन हो ? भन्दै प्रश्न गरेका छन्।

संसद् पुनःस्थापनापछिको परिस्थितिका बारेमा छलफल गर्न बिहीबार पेरिसडाँडा पुगेका महतोले भेटपछि भने, ‘‘हामीले के जिज्ञासा राख्यौँ भने तपाईंहरुको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी त चाहियो। बडा अलमल भयो, प्रष्ट हुनुस्।’’ नेकपाभित्र विवाद भए पनि औपचारिक रूपमा नेकपा विभाजन भने भइसकेको छैन।

छलफलमा प्रचण्ड–नेपालले मिलेर सरकार बनाउनका लागि जसपाका नेताहरुसँग प्रस्ताव गरेका थिए। सो प्रस्तावमा पार्टीभित्र छलफल गर्ने बताएको जसपाले पहिला पार्टी बनाउन प्रचण्ड–नेपाललाई सुझाव दिएको छ।

महतोसहित जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *