काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण बुधबारबाट स्थगित भएको छ।
राजधानीमा यही फागुन २२ गतेदेखि हुने मेयर कपका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित गरिएको राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताए।
नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो। यसअघि, क्यानले पहिलो चरणको प्रशिक्षणमा ३२ खेलाडीलाई समेटेको थियो।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत् नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय शृंखला पनि स्थगित भएपछि नेपालले तत्काल अन्तर्राष्ट्रिय खेल भने खेल्ने छैन। फागुन अन्तिम सातादेखि मेयर कपका लागि बन्द प्रशिक्षण रोकिएको हो।
मेयर कपमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटको सेमिफाइनलमा पुगेका चार टोली र अन्य पाँच प्रदेशको एक टोली बन्नेछ।






