काठमाडौं : कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मैना’ सार्वजनिक भएको छ। `मैना´ गीतमा कालीप्रसादकै शब्द र संगीत रहेको छ।
यसको भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन्। भिडियोमा शंकल भुजेलको डीओपी, कृष्ण भण्डारी एण्ड ग्लेज इन्टरटेनमेन्टको रंग संयोजन र सम्पादन सुरेश पाण्डेको कोरियोग्राफी छ। भिडियो निर्देशन वसन्त अधिकारीले गरेका छन् ।






