Home / Sports / ला लिगाको उद्घाटन खेलमा १० जनामा सीमित भ्यालेन्सिया विजयी

ला लिगाको उद्घाटन खेलमा १० जनामा सीमित भ्यालेन्सिया विजयी

काठमाडौं : भ्यालेन्सियाले स्पेनिस ला लिगा फुटबलमा सुखद सुरुवात गरेको छ। शुक्रबार राति भएको खेलमा भ्यालेन्सियाले गेटाफेलाई १–० ले पराजित गरेको हो।

घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन कार्लोस सोलेरले निर्णायक गोल गरे । खेलको ११ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । त्यसअघि तेस्रो खेलमा हुगो गुइलामोनले रातो कार्ड पाएपछि भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो।

७६ औं मिनेटमा एरिक काबाकोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा गेटाफे पनि १० खेलाडीमा सिमित भएको थियो । जितसँगै भ्यालेन्सियाले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । गेटाफेले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

ला लिगा अन्तर्गत आज बाँकी खेलहरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *