Home / Nepal / पूर्वी नवलपरासीमा थप १८ जनामा कोराना पुष्टि, कुन गाउँ तथा नगरपालिकामा कति ?

पूर्वी नवलपरासीमा थप १८ जनामा कोराना पुष्टि, कुन गाउँ तथा नगरपालिकामा कति ?

नवलपरासी । पूर्वी नवलपरासीमा थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मध्यविन्दु नगरपालिकामा १७ र गैडाकोटका १ जनामा विहिबार कोभिड १९ देखिएको हो ।

संक्रमितहरु सवै पुरुष रहेकाछन् । संक्रमितहरु १८ देखि ४५ वर्ष उमेर समूहरका रहेको र उनी सवै जना भारतबाट आई विभिन्न क्वारेन्टाईनमा बसिरहेका थिए ।


यसै गरी पोखरामा गरिएको स्वाव परीक्षणमा मध्यविन्दुका १७ जनामा एकै पटक कोरोना देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमितहरुलाई प्राकृतिक चिकित्सालयको आईसोलेशन रजहर लैजाने तयारी भएको सम्वन्धित नगर स्वास्थ्य प्रमुखहरुले बताएकाछन् ।


अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोभिड १९ संक्रमितको संख्या २ सय ८९ पुगेको छ भने पूर्वी नवलपरासीमा ८४ जना कोरोना संक्रमित भएकाछन् ।

स्थानीयगत विवरण हेर्दा नवलपरासी पूर्वको गैडाकोट नगरपालिकामा ५, कावासोतीमा ६ , मध्यविन्दुमा २२, देवचुलीमा ८ जना संक्रमित छन् ।

यसरीनै गाउपालिकामा हुप्सेकोटमा २३ जना, बौदिकालीमा १३, विनयी त्रिवेणीमा ६ र बुलिड.टारमा १ जनामा कोभिड १९ पुष्टि भएको छ ।


जिल्ला सामुदायिक प्रकृतिक चिकित्सालय रजहर आईसोलेशनमा ७५ जना कोभिड १९ संक्रमित विरामीहरु रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *