Home / Nepal / News / सिरहामा अज्ञात समूहद्वारा ४ लाख रुपैयाँ लुटपाट

सिरहामा अज्ञात समूहद्वारा ४ लाख रुपैयाँ लुटपाट

सिरहा : सिरहामा अज्ञात समूहद्वारा ४ लाख रुपैयाँ लुटपाट भएको छ । लहान नगरपालिका १९ कटहा चोकबाट सोही नगरपालिका २३ बस्ने जागेश्वर यादवको नगद ४ लाख रुपैयाँ लुटपाट भएको हो ।

जन उत्थान लघुवित्त संस्था लहानबाट उक्त नगद निकाली साइकलमा घरतर्फ जाँदै गरेका यादवलाई नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले उक्त नगद लुटेर फरार भएको बताइएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *