काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । बुधबार साँझसम्म ३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जसमा ३२६ पुरुष र ४९ जना महिला छन् ।
बुधबार मात्रै सेती प्रादेशिक कोविड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको हो ।
८१ जनाले कोरोना जितेर घर फर्किएका छन् । १०२ जना कोरोना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये कैलालीका १२८, कञ्चनपुरका ७४, अछामका, २१, डडेल्धुराका ३९, दार्चुलाका १२ जना छन् ।
बझाङका १६, बैतडीका २७, डोटीका ३८ र बाजुराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आरडीटी र पीसीआर विधिबाट हालसम्म ८८ हजार ७०८ जनाको परीक्षण गरिएको छ भने १२ हजार ४९७ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशभर ४२ हजार ५३९ जना क्वारेन्टिनमा छन् ।






