Home / Nepal / News / गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?

गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?

पोखरा । गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोरखा र मनाङमा गरी थप ४२ जनामा कोरोना पुष्टि भएको हो । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ गरी थप ४२ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

शर्माका अनुसार गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।

थप भएका नयाँ ४२ संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *