एजेन्सी । युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोपा इटालियाको उपाधि जितेको छ ।
बुधबार राति भएको फाइनल खेलमा नेपोलीले युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै कोपा इटालियको उपाधी जितेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा नेपोलिका लागि लोरेन्जो, माटियो पोलिटानो, निकोला म्याक्सिमोविच र अरेक मिलिकले गरे ।

युभेन्टसका लागि लेओनार्दो र आरोन राम्सीले गोल गर्दा पाउलो डिबाला र ड्यानिलो गोल गर्नबाट चुकेका थिए ।
युभेन्टसका लागि पहिलो पेनाल्टी हानेका डिबालाको प्रहार नेपोलीका गोलरक्षक एलेक्स मेरेटले बचाएका थिए । त्यस्तै युभेन्टसका लागि ड्यानिलोले गरेको दोस्रो प्रहार आकासिएको थियो ।
जितसँगै नेपोलिले छ वर्षपछि कोपा इटालियाको उपाधी जितेको छ । यता युभेन्टस भने १४ औं पटक कोप्पा इटालिया उपाधि जित्ने अवसर गुमाउन पुग्यो ।
नेपोलिले पछिल्लोपटक सन २०१३/१४ को सिजनमा कोपा इटालियाको उपाधी जितेको थियो ।






