Home / Society / तनहुँका विभिन्न स्थानबाट ७२ जना जुवाडे पक्राउ

तनहुँका विभिन्न स्थानबाट ७२ जना जुवाडे पक्राउ

तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दसैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले सात लाख ४० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जुवा खालबाट कौडा, तास, तन्नालगायत सामग्री बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।यसरी पक्राउ परेका जुवाडेलाई मुद्दा दर्ता गरिसकिए पनि फैसला हुन बाँकी रहेको उनले बताए । जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, ब्यास नगरपालिका, गण्डकी नगरपालिका, बन्दिपुर लगायत स्थानबाट उनिहरु पक्राउ परेका हुन।जुवा खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने मुलुकी अपराध ऐन संहिता, २०७४ को  १३२ नम्बरमा उल्लेख छ ।

प्रहरीले जुवातास खेल्ने सूक्ष्मरूपमा अनुसन्धान गर्दै सुराकीको आधारमा जुवाडेलाई धमाधम पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा कदम चालेको छ । स-साना जुवाडेलाई पक्राउ गरिए पनि ठूला जुवाडेलाई पक्राउ गर्न नसकिएकाले अबको निसाना प्रहरीको त्यसतर्फ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *