Politics

मन्त्रीपरिषदको बैठक : कोरानाको कम जोखिम क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी

Spread the love

काठमाडौं । मन्त्रीपरिषदेको बैठकले कोरानाको जोखिम नभएको क्षेत्र पहिचान गरेर लकडाउन खुकुलो बनाउने विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त बिषयमा छलफल गरेका हो ।

आजको बैठकले लकडाउन मोडालिटीबारे २/४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ ।

समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको फेरि बस्ने बैठकले लकडाउनको मोडालिटी तय गर्ने कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो ।

यसअघि उच्चस्तरीय समन्वय समितिले स्वास्थ्य विज्ञहरुसँग जनजीवन सहज बनाउनेगरी लकडाउन खोल्ने सम्वन्धमा छलफल गरेको थियो।

विज्ञहरुले आवश्यक मापदण्ड तथा सतर्कता अपनाउँदै जोखिम कम भएका क्षेत्रमा लकडाउन खोल्न सकिने सुझाव दिएका छन्।

सरकारले गत चैत ११ गतेबाट लागू हुनेगरी घोषणा गरेको लकडाउन पटक पटक थप्दै आएको छ। पछिल्लो समय जेठ ३२ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *