Home / World News / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकि छोरी टिफनी ट्रम्पले गरिन विरोध प्रदर्शनको समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकि छोरी टिफनी ट्रम्पले गरिन विरोध प्रदर्शनको समर्थन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपुत्री टिफनी ट्रम्पले जर्ज फ्लोइड विरोध प्रदर्शनको समर्थन गरेकी छन् । 

गत साता एक गोरा प्रहरीले अश्वेत नागरिक जर्न फ्लोइडलाई घुँडाले घाँटीमा टेकर पक्राउ गरेको प्रहरी हिरासतमै उनको मृत्यु भएपछि अमेरिकाभर हिंसात्मक विरोध प्रदर्शनहरु भइरहेका छन् । 

विरोध प्रदर्शनलाई रोक्‍न अमेरिकाका विभिन्‍न ४० सहरमा कर्फ्यु जारी गरिएको छ । कर्फ्युका बाबजुद पनि अमेरिकनहरु आन्दोलनमा सहभागी भइरहेका छन् ।

राष्ट्रपति ट्रम्पले आन्दोलनलाई दबाउने प्रयास गरिरहेका छन् । 

टिफनी ट्रम्पले इन्स्टाग्राममा एक कालो तस्बिर पोस्ट गर्दै #BlackOutTuesday #justiceforgeorefloyd ह्यासट्यागसहित शेयर गरेकी छन् ।

उनले लेखेकी छन्, “एक्लै हामीलाई केही प्राप्त गर्न समस्या हुन्छ अथवा कम प्राप्त गर्छौं र एकसाथ लड्यौं भने धेरै प्राप्त गर्न सकिन्छ ।”

https://www.instagram.com/p/CA8DwLPhNPe/?igshid=147v8be5sfytw

राष्ट्रपति ट्रम्पकी पुत्री टिफनी एक वकिल हुन् । ह्वाइट हाउस बाहिर भइरहेको प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रु ग्यास प्रहार गरिरहेको बेला टिफनीले यस्तो प्रदर्शन गरेका हुन् । 

राष्ट्रपति ट्रम्पकी दोस्रो पत्‍नी अर्थात् टिफनीकी आमा मार्ला मैपल्सले पनि प्रदर्शनकारीलाई समर्थन गरेकी छन् । – बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *