Home / Society / स्याङजाको गल्याङमा युवकको शंकास्पद मृत्यु, हत्याको आशंका

स्याङजाको गल्याङमा युवकको शंकास्पद मृत्यु, हत्याको आशंका

स्याङ्जा । स्याङ्जाको गल्याङ् नगरपालिका ४ का ३२ बर्षिय एक युवकको शंकास्पद रुपले मृत्यु भएको छ । स्थानीय पदम पाण्डे भीरबाट तल खसेको अवस्थामा मृत अवस्थामा फेला परेका हुन ।

बुधबार साथिहरुसगैँ मासु लिन गएका पाण्डे फर्किने क्रममा हुतुम भन्ने ठाँउमा मृर्त अवस्थामा फेला परेका थिए ।


१६ जनाको टोलिमाा गाँउबाट खसीको मासु लिएर १४ जना मोटलसाइकलमा फर्केका थिए । मृतक पाण्डे र अरु दुइ जना साथिहरुभने सँगै पैदल यात्रामा घर फर्किएका थिए ।

पैसा नदिएको निउमा दिउसो उनिहरुबिच झगडा भएको बताइएको थियो ।

ती साथीहरूले मृतकको मोबाइलबाट घटना घटेको २ घण्टापछि मृतककी श्रीमतीलाई फोन गरी श्रीमानले आफुहरुलाई कुटपिट गरेर बेपत्ता भएको बताएका थिए ।

सँगै आएको साथी लडेकै भए उद्धार तथा हारगुहार नगरी उनिहरु सरासर घर जानुले घटना शंकास्पद रहेको स्थानीयले बताएकाछन् ।

सँगै गएकाहरु मध्ये २/३ जनासँग झगडा पर्नु अनि मासु अरुसँग पठाउनुले पनि घटनालाई थप शंकाको बिषय बनाएको भन्दै मृतकका आफन्तहरुले हत्याको आशंका गरेकाछन ।

मृतकको शब पोस्टमार्टम आइसकेको छैन । घटनाकोबारे थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *