Home / Sports / दुई महिनापछि अस्ट्रेलियामा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

दुई महिनापछि अस्ट्रेलियामा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

एजेन्सी । दुई महिनापछि अस्ट्रेलियामा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । 

प्रतियोगिता अस्ट्रेलियास्थित डार्विनमा यसै साताको शनिबारबाट सुरु हुनेछ । उक्त फ्रेन्चाइज टी–ट्वान्टी लिगमा १५ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताका दौरान मैदानमा पाँच सय दर्शकलाई समेत प्रवेश अनुमति दिने रिपोर्टमा उल्लेख छ ।

डार्विनका २१ मेदेखि कुनै कोरोना भाइरस संक्रमणको केस नदेखिएकाले सीमित दर्शकलाई मैदानमा प्रवेश गर्न अनुमति दिने जनाएको छ । प्रतियोगितामा डार्विन प्रिमियर ग्रेडका सात क्लब रहने छन् ।

नर्थन टेरिटोरी क्रिकेटका कार्यकारी प्रमुख जोएल मरिसनले खेलमा आएको अभूतपूर्व व्यवधानपछि अब क्रिकेट फर्किनेमा विश्वास व्यक्त गरे ।

उनले भने, “पछिल्ला केही महिना विश्व नै कठिन स्थितिमा थियो । आशा छ कि यस प्रतियोगिताको मध्यमबाट क्रिकेटप्रेमीलाई खुसी दिनेछ ।” प्रतियोगिताको प्रत्यक्ष प्रसारण फेसबुक पेजबाट हुने जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *