Home / Nepal / उपत्यकामा थपीयो निषेधाज्ञा लामो दूरीका यातायात अझै अन्योलमा

उपत्यकामा थपीयो निषेधाज्ञा लामो दूरीका यातायात अझै अन्योलमा

काठमाडौं : गत बैसाखबाट काठमाडौं उपत्यकामा जारी गरीएको निषेधाज्ञा साउन १० गतेसम्म थप भएको छ । निषेधाज्ञा लाइ अझै सहज बनाउदैं काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पसल खोल्ने समय एक घण्टा बढाएको छ ।

आज सम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनु भएको छ ।

यधपी थपीएको निषेधाज्ञामा लामो दूरीको यातायातविद्यालय, सभा, सम्मेलन, सैलुन डान्सबार, सिनेमा हल, पार्टी प्यालेस, ब्युटी पार्लर, आदी भने सञ्चालन गर्न पाउने छैनन।

लामो दूरीमा यातायात सञ्चालन बारे निर्णय गर्नका लागी भने
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाइसकेको र बिहीबार सीसीएमसीले मन्त्रिपरिषदमा प्रस्ताव लगीसकीएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *