Home / Society / बिराटनगरको बसपार्कमा एक महिलाको शव फेला प्रहरी द्वारा अनुसन्धान सुरु

बिराटनगरको बसपार्कमा एक महिलाको शव फेला प्रहरी द्वारा अनुसन्धान सुरु

विराटनगर: विराटनगर महानगरपालिकाको बसपार्क नजिक रहेको एक चिया पसलभित्र बिहीबार दिउँसो एक महिला मृत फेला परेकी छन।

विराटनगर–१० घर भएकी ४० वर्षीया महीला आफ्नै चिया पसलभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ। प्रहरीका अनुसार दिउँसो १२ बजेतिर पसलभित्र भुइँमा घोप्टो परेको अवस्थामा भेटीएको शव अहीले पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ । 

प्रहरीका अनुसार महिला मृत भेटिएको पसलभित्रको बाँसको बलोमा सल पनि झुण्डीएको अवस्थामा भेटिएको ले हत्या हो या आत्मा हत्या हो भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *