Home / Sports / अष्ट्रेलियाका प्रशिक्षकद्वारा नेपाली फुटबल टोलीको प्रशंसा

अष्ट्रेलियाका प्रशिक्षकद्वारा नेपाली फुटबल टोलीको प्रशंसा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार (भोलि) अष्ट्रेलियासित प्रतिस्पर्धा गर्दै छ।

नेपालले सन् २०२२ को विश्वकप छनोट र २०२३ को एसिया कप छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेल खेल्न लागेको हो। नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समयानुसार राति ९ः१५ मा हुनेछ।

नेपालले अष्ट्रेलियासँग खेल्नुअघि अष्ट्रेलियाका प्रशिक्षक जर्हाम अर्नाेल्डले नेपाली टोली एकदमै मेहनती रहेको बताए। उनले आफूहरु नेपालसँग खेल्नका लागि उत्साहित भएको पनि बताए।

“नेपाली टोलीको खेल्ने तरिका धेरै राम्रो छ। नेपाली टोलीका प्रशिक्षकले पनि टिमलाई राम्रो बनाइरहेका छन्। हामी नेपालको खेललाई सम्मान गर्दछौँ। र, खेलका लागि उत्साहित छौँ,” अर्नेल्डले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *