Home / Politics / सर्वोच्चको फैसला प्रति सूर्य थापा भन्छन्- `एक माघले त जाडो जादैन´

सर्वोच्चको फैसला प्रति सूर्य थापा भन्छन्- `एक माघले त जाडो जादैन´

काठमाडौं : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतको भूमिका स्वतन्त्र भएकाले त्यसै अनुसारको फैसला हुनुपर्ने बताएका छन्।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत पक्षका वकिलको छनोटमा इजलास बन्ने, चाहेजस्तो फैसला आए राम्रो र प्रतिकूल हुँदा होस नै गुमाउने जस्तो व्यवाहार देखाएको भन्दै कटाक्ष गरेका छन्। त्यो कुरा गलत भएको दाबी गर्दै एक माघले जाडो नजाने उनले टिप्पणी गरेका छन् ।

“नेपालको राज्यप्रणालीले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकामा स्थापित गरेको छ। अदालतको फैसला त्यसैअनुरूप हुनुपर्छ। पक्षका वकिलको छनोटमा इजलास बन्ने, चाहेजस्तो फैसलालाई क्याबात् भन्ने र प्रतिकूल हुँदा रन्थनिदै होस नै गुमाउने व्यवाहार गलत हो। एकै माघले जाडो त जाँदैन,” उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *