Home / Nepal / News / नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २४ पुग्यो

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २४ पुग्यो

वीरेन्द्रनगर । कणर्ाली प्रदेश अस्पतालमा रहेको आइसोलेशनमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


यो सगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
दैलेखको दुल्लुु नगरपालिका वडा नं ३ का ४५ वर्षिय पुुरुषको कोरोना संक्रमणका कारण मंगलबार मृत्यु भएको अस्पतालले पुुष्टी गरेको छ ।


अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले कोरोना संक्रमणका कारण उहाँको मृत्यु भएको पुुष्टी गर्नुभयो । मृत्तक पुुरुषले क्षयरोगका बिरामी हुनुहुन्थ्यो । उहाँले दुुईअढाई वर्षदेखि क्षयरोगको औषधि सेवन गर्दै आउनु भएको थियो । डा. पौडेलले मृत्तक असार ३ गते उपचारका लागि दैलेखबाट आएको जानकारी दिनुुभयो ।


दैलेखबाट आएको भोलिपल्टै उहाँको कोरोना परीक्षण गरिएको थियो । रिर्पोट पोजेटिभ आएपछि उहाँलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उहाँलाई कसरी कोरोना संक्रमण भयो भन्ने खुलेको छैन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *