Home / Nepal / News / सुनको मूल्य सोमबारको तुलनामा आज तोलाको ४ सयले घट्यो

सुनको मूल्य सोमबारको तुलनामा आज तोलाको ४ सयले घट्यो

काठमाडौँ । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा आज रु ४०० ले घटेको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु ९१ हजारमा कारोबार भएकोमा आज सोही परिमाणको पहेँलो धातुको मूल्य रु ९० हजार ६०० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला तेजाबी सुनको मूल्य रु ९० हजार १६० कायम भएको छ भने सोही परिमाणको चाँदी रु ९४० मा खरिदबिक्री भइरहेको छ ।

बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *