काठमाडौं । मुस्ताङमा १५ वर्षीया बालिकालाई ललाई-फकाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
वारागुङ मुक्ति क्षेत्र गाउँपालिका १, बस्ने रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ९ घर भएका २७ वर्षीय टेकप्रसाद सुनारलाई प्रहरीले पक्राउ गरेको हो । सुनारलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ र इलाका प्रहरी कार्यालय मुक्तिनाथबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस्तै १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा भक्तपुर महानगरपालिका २ औद्यौगिक क्षेत्र बस्ने मोरङ घर भएका २१ वर्षीय सिर्जन रायलाई प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई ०७६ माघ २६ गते भक्तपुर १, दूधपाटीस्थित गेस्ट हाउसमा लगेर बलात्कार गरी फरार रहेका रायलाई खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले भक्तपुर महानगरपालिका २, औद्यौगिक क्षेत्रबाट पक्राउ गरेको हो ।






