Home / Nepal / News / डोटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु एक गम्भीर घाइते

डोटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु एक गम्भीर घाइते

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका–४, समूहगाढमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नम्बरको महेन्द्रा बोलेरो जीप आज बिहान करिब ४.४५ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका–५, तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको मृत्यु भएको छ । यसैगरी, दुर्घटनामा परी बाजुराको बूढीगंगा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको दिपायलको पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । जीप अनियन्त्रित भई सडकबाट कम्तीमा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *