चितवन जिल्लाको भरतपुर–११ स्थित नवजागृति सामुदायिक वनमा बेवारिसे अवस्थामा गैंडाको खाग भेटिएको छ ।
जिल्ला प्रहरीका कार्यालयका चितवनका अनुसार बिहिबार बिहान गैंडाको खाग भेटिएको हो स्थानियबासीले देखेर खबर गरेपछि प्रहरी र जिल्ला वन कार्यालय चितवनको टोली नवजागृति वनस्थित खगेरी खोलाको चौरमा पुगेको थियो ।
खाग सुरक्षित रहेको र दुई वटा गैंडा जुधेका कारण खाग भाँचिएको हुन सक्ने प्रारिम्भक अनुमान गरिएको चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिनुभएको छ।
खाग भेटिएको ठाउँ वरपर माडिएको र रगत लतपतिएको भेटिएको अधिकारी ले जानकारी दिनु भएको छ । खागलाइ अहिले जिल्ला वन कार्यालय चितवनमा राखिएको छ ।






