काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको नजिक प्रहरी पुगिसकेको बताएका छन्।
मंगलबार सर्वोच्च अदालत बार एसोसिएसन, महिला समितिको नेतृत्वमा गृह मन्त्रालय पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले महिला हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन्। उनले घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरे।
गृहमन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको बताउँदै निर्मला प्रकरणबाट पाठ सिकेर प्रहरी व्यावसायिक रूपमा अनुसन्धानमा जुटेको बताए। गृहमन्त्रीको भनाइ छ।
हिंसा, बलात्कारका घटना हुन नदिन र घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको उनले बताए ।






