काठमाडौं : कास्कीको पोखरा महानगरपालिका–३, नदीपुरस्थित दिलमाया दाहालको घरमा तास खेलिरहेका चारजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत घर भई हाल बागलुङ, गुठी बस्ने ४५ वर्षीय हदेश अन्सारीसहित चारजना छन्।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक तास र नगद ५८ हजार ५२५ रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो।






