Home / Politics / मलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लाग्छ- केपी शर्मा ओली

मलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लाग्छ- केपी शर्मा ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लाग्ने गरेको बताएका छन्।

सोमबार सिंहदरबार पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको उ्दघाटन गर्ने कार्यक्रममा सरकारको तीन वर्षे कार्यकालको समिक्षा गर्दै प्रधानमन्त्री ओलीले आज यस्तो बताएका हुन्।

उनले सिंहदरबारमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ । वास्तवमा बहस हो कि लाञ्छनामात्रै हो । के हो प्रतिगमन भनेको ? निर्वाचन प्रतिगमन हो ? निर्वाचन हुँदा बहुदलीय प्रतिष्पर्धात्मक राजनीतिक प्रणाली समाप्त हुन्छ ? हामीले रोजेको प्रणाली होइन ?,” उनले भने, “जनताका बीचमा जाँदा प्रतिमगन हुने भए दुईवर्षमा हुने चुनाव पनि प्रतिगमन हो ? निर्वाचनलाई प्रतिगमन भन्नुभएको हो ? कि केलाई प्रतिगमन भन्नुभएको हो ? प्रणालीले कोरेका सीमाभन्दा बाहिर गएका छौँ ?”

सरकार बनाउन र ढाल्न के के गरिए भन्नेतर्फ अहिले नजाने बताउँदै अस्वस्थ बाटो अवलम्बन नगरेको बताउँदै उनले भने, “कुनै हालतमा चुनाव गराउँदैन भनेर उहाँहरु राजनीति गर्नहुन्छ कि ज्योतिषशास्त्र पढ्नुहुन्छ?,” उनले भने, “कस्तो शास्त्र हो उहाँहरुको चुनाव हुँदैन भन्ने? हामी उल्टो बाटोतर्फ फर्किएका छैनौँ।”

उनले प्रतिगमनको आरोप लगाउनेले राजनीति गर्न नजानेको टिप्पणी पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *