Home / World News / महारानी एलिजावेथको ९४ औं जन्मोत्सवमा सलामी नदिइने

महारानी एलिजावेथको ९४ औं जन्मोत्सवमा सलामी नदिइने

लन्डन,एजेन्सी । कोरोना भाइरसको महामारीको कारण मुलुकमा शोक व्याप्त भएकाले मंगलवार वेलायतका महारानी एलिजावेथको ९४ औं जन्मोत्सवमा सलामी नदिइने भएको छ ।

बकिंगघम राजप्रासादले शनिवार जारी गरेको एक विज्ञप्तिमा एलिजावेथ स्वयमले समय परिस्थिती प्रतिकूल भएकाले सो निर्णय गरेको जनाकारी दिएको छ ।

एलिजावेथको ६८ वर्ष लामो शासनकालमा पहिलोपटक यसरी सलामी बिना नै जन्मोतसव मनाइन लागेको हो । वेलायतको राजधानी लन्डनको हाइड पार्कमा सलामी दिइने गर्दथ्यो ।

यसअघि नै मानिसहरु लक डाउनको स्थितीमा रहेकाले महारानीको जन्मोत्सवकै क्रममा जुन महिनामा आयोजन हुने भनिएको ट्रुपिंग दि कलर परेड रद्ध भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *