काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमाले असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जाने भएका छन।
शनिबार बसेको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो ।
बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकाल्दै आइतबार दिन भरी हस्ताक्षर गरेर रिट तयार गरेका उनिहरु सोमबार अदालत जाने योजनामा छन।






