Home / Society / के छ त आज जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा

के छ त आज जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन । मन्त्रिपरिषद्को सिफारिसमा आज आइतबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन् ।

कानून , न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संविधान र सर्वोच्च अदालतको आदेशअनुसार नै अध्यादेश आएको बताए । उनका अनुसार अध्यादेशले नागरिकतासम्बन्धी दुईवटा गाँठो फुकाएको छ ।

पहिलो , ३ असोज २०७२ भन्दा अगाडि जन्मका आधारमा नागरिकता लिएकाहरुको नाबालिग सन्तानलाई वंशजको आधारमा नागरिकता दिने । दोस्रो , नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन सकेको छैन भने वंशजको आधारमा नागरिकता दिने ।

तर यसरी नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिकता कायम रहने छैन । बाबुको बसोबास भएको देशको नागरिकता लिएको छैन भने घोषणा गरे उनको नागरिकतालाई अंगीकृतमा परिणत गर्ने ।

मन्त्री श्रेष्ठका अनुसार संविधानको व्यवस्था पनि यही छ । तर नागरिकतासम्बन्धी ऐन संसदबाट पास नभएका कारण करिव ३५ हजार नागरिकताका लागि परेको निवेदनउपर कारबाही हुन सकेको थिएन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *