Home / Nepal / News / मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठलाई

मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठलाई

काठमाडौं । मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले हात पारेकी छिन् । फाइनलमा पुगेका पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल–२०२० को उपाधि उचालेकी हुन् । 

समाजशास्त्रकी विद्यार्थी नम्रताले मिस इन्टलेक्चुअल टाइटल पनि जितिइन् । नम्रता पेशाले किन्डर गार्डेनकी शिक्षिका पनि हुन् । 

मिस नेपाल इन्टरनेसनल–२०२० सन्ध्या शर्मा र मिस नेपाल अर्थ–२०२० सुप्रिया श्रेष्ठ भएका छन् ।  

कोभिड–१९ का कारण केही महिना पछि धकेलिएको प्रतिस्पर्धा आज (शनिबार) सम्पन्न भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *