स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
पछिल्लो २४ घण्टामा देशभरीमा १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
यस्तै २ हजार २ सय ६ जना निको भएका छन। यस सङै सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५५ रहेको छ।
यसैगरी कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट कुल १ हजार ५ सय ७७ जनाले ज्यान गुमाएका मन्त्रालयको सम्मेलनमा जानकारी दिइएको हो।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ भने निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना रहेको छ।






