Home / Nepal / News / पहिलेको तथ्यांकलाई उछिन्दै कोरोना संक्रमण र मृत्यु दर ह्वात्तै बढ्यो

पहिलेको तथ्यांकलाई उछिन्दै कोरोना संक्रमण र मृत्यु दर ह्वात्तै बढ्यो

काठमाडौं : कोरोना संक्रमण केही समय यता पुनः तीव्र रुपमा फैलिरहेको छ । बीचको केही समय कोरोना संक्रमण र त्यसका कारण मृत्यु हुनेको दर ओर्लिए पनि अहिले पहिलेको तथ्यांकलाई उछिन्दै कोरोना संक्रमण र मृत्यु दर अगाडि बढेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ४५ हजार २३१ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ६ करोड ५२ लाख ५७ हजार ७६७ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १२ हजार २४२ संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा १५ लाख १३ हजार १७९ संक्रमितको ज्यान गइसकेको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *