प्रधानमन्त्रीज्यू नेकपा अध्यक्ष कमरेड प्रचण्ड तथा नेपाली कांग्रेस सभापति शेरबहादुर ज्यू नमस्कार
कोरोना महामारीले विश्व आतंकित भइरहेको अवस्थामा हाम्रो देश नेपालपनि कोरोना बाट १ हजार २ सय भन्दा बढी सन्क्रमित भएको र दैनिक संक्रमितको संख्या बढिरहेको जानकार नै हुनुहुन्छ।
यही विषम परिस्थितिका बिचमा छिमेकी देश भारतबाट लिपुलेक लगायत नेपालको भुमी कब्जा सडक निर्माण गरेको छ।
उक्त कब्जा गरिएको भुभागलाइ नेपाल सरकारले नयाँ नक्सा जारी गरेर त्य्सलाई सम्बिधान सम्सोधन मार्फत सम्बिधानमा समेट्न हालैको दिनमा लागि संसदमा चलिरहेको अधिबेशन बारे हामी जनता जानकार छौ।
उक्त सम्बिधान सम्सोधनमा सबैदलको एकमत हुन नसकिरहेको अवस्थामा, अत्यन्तै बिबादित मानिएको अमेरिकी MCC प्रोजेक्ट भने संसदको अहिले कै अधिवेशनबाट पास गराउन सहमत देखिनुले तपाईंहरुको कदम भने केही सङ्कास्पद देखिएको छ।
लकडाउनको विषम परिस्थितिमा जनतालाइ गुमनाममा राखेर संसदबाट MCC जस्तो बिबादास्पद र घातक मानिएको प्रोजेक्ट पास गराउन सबै दल एकजुट हुनुबाट दलिय स्वार्थ स्पस्ट रुपमा देखिएको छ।
विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा बढी योगदान गर्ने अमेरिका जसले १ सय १५ मिलियन डलर भन्दा बढी रकम दिने गर्दथ्यो।
हिजो मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सहयोग रकम रोक्दै अबका दिनबाट अमेरिका विश्व स्वास्थ संगठनबाट आफुहरु बाहिरिएको र अब उक्त रकम योगदान गर्न नसक्ने घोषणा गर्नु भएको छ ।
विश्व स्वास्थ्य संगठनलाई दिदै आएको रकम अब रोकिदिएको छ। विश्व स्वास्थ्य संगठनलाई १सय १५ मिलियन डलर दिन नसक्ने अमेरिका आज किन नेपाललाई ५ सय मिलियन डलर लगानी गरिरहेको छ?
यसको पछाडि स्वार्थ के होला ?
हामी सहजै अनुमान गर्न सक्छौ। सहयोगको नाममा अमेरिकाले नेपाललाई आफ्नो मुठ्ठीमा राखेर छिमेकी राष्ट्र चिन माथी धावा बोल्न सजिलो हुने र यहाँका स्रोत साधनहरु आफ्नो आधिपत्य जमाउदै आफ्नो स्वार्थ पूरा गर्न तल्लिन रहेको र यसलाई जुन सुकै परिस्थितिमा पनि MCC प्रोजेक्ट पास गराउने मनसाय बाट अमेरिकी स्वार्थ स्प्रस्ट रुपमा देख्न सकिन्छ।
अमेरिकाले यदि नेपालमा MCC मार्फत आफ्नो कदम राख्न सकेमा नेपाल, नेपाली र छिमेकी देशहरुका लागि घातक सिद्ध हुनेछ। प्रधानमन्त्री ओलि ज्यु माननीय प्रचण्ड र माननीय देउवा ज्यु तपाईंहरू तीनैजनाको उमेर ६५ वर्षभन्दा माथि छ।
नेपालको सरदर आयु ७० वर्ष हो, यहि हिसाबले जाने हो भने, कमरेड प्रचण्डको आयु अब ५ बर्स प्रधानमन्त्री ओलि २ वर्षसम्म बाच्नु हुनेछ भने अझ सभापति देउवा त बोनस बर्समा बाची रहनु भएको छ।
आफ्नु आयु सकिएर बोनस आयु बाचिरहनु भएका र अब ५ बर्स मात्र आयु रहने आदरणीय नेता ज्यु हरु तपाईंहरुलाइ के कुराको अभाव भयो र यो हामि नेपालिको पुस्तौलाई घातक सिद्धहुने यो सन्धि मार्फत जनतालाइ पासो लगाउदै हुनुहुन्छ ?
आफू अब कति दिन बाच्ने भरोसा नभएका तपाईंहरु किन ३ करोड जनतालाई बलिको बोका बनाउदै हुनुहुन्छ??
यदि सक्नु हुन्छ भने बाचुन्जेल जनताको भलाईमा काम गरिदिनुहोस यदि सक्नुहुन्न भने जनतालाई घाँटीमा पासो झुण्डाएर बाँच्न बाध्य हुने MCC जस्तो घातक सम्झौता गरेर भाबी पुस्तालाइ दास नबनाउनुहोस।
तपाइहरुको सुभचिन्तक
ऋषि शेखर बराल






