- सुस्मिता लामिछाने
बिएससी एजी छैँठौँ संक्रान्त
कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान, पक्लिहवा
देशले कोरोना कहर सामना गरिरहेको छ । कृषकहरु बीउ मलको अभावमै भए पनि बाली लगाउनु पर्ने अवस्थामा छन् । गत साल फौजी किराले बाली नष्ट पारेको पीडा सेलाउन नपाउँदै यस वर्ष पनि सलह किराको अर्को चुनौती सामना गर्नु पर्ने देखिएको छ ।
यतिखेर भारतको राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश हुँदै अहिले महाराष्ट्रसम्म नै सलह किराले प्रकोप देखाएको छ । मौसमी हावासँगै यो नेपालमा प्रवेश गर्न सक्ने जोखिम उच्च रहेको छ ।

पहिले हराभरा र स्वर्गजस्तो भएको ठाउँपनि यो किरा पुगेपछि सुक्खा मरुभूमिमा परिणत हुन्छ । अमेरिकी फौजी किराभन्दा कैँयौ गुणा क्षति गर्न सक्ने सलह सम्भावित प्रवेश चुनौतीका रुपमा रहने पक्कै छ ।
के हो त सलह ?
सलह विश्वकै विनाशकारी कीरा हो । यसको एउटा झुन्डले एकै दिनमा ३५०० मानिसले खाने खाना जति खान्छ ।
मोटामोटी हिसाबले भन्ने हो भने यो किरा एक प्रकारको फट्याड़ग्रा हो ।

तर यसमा पाईने विशिस्ट अवस्थाहरु भ्रमणसील प्रवृति र शारीरिक बनावोटको भिन्नताले यिनलाई फट्याड़ग्रा भन्न सकिदैन ्र यसको पछाडिको खुट्टा र टाउको फट्याड़ग्रा भन्दा लामो र ठुलो हुने गर्दछ र यसैकारण यसको उफ्रिने क्षमता निकै बढी हुने गर्दछ ।
यो कीरा झुण्डमा आक्रमण गर्छ । यस सलहको एक झुन्डले करिब २५० वर्गमाइल क्षेत्र ढाक्न सक्छ, एक वर्गमाइलमा फैलिएको सलहहरुको अन्दाजी १ अर्ब ६० करोड हुन्छ जसको अन्दाजी तौल ३०० टन हुन्छ र यिनले दिनहु आफ्नो शरीरको तौल बराबर (२ ग्राम ) खाना खान्छन् ।

कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान, पक्लिहवा
हामी आफै सोच्न सक्छौँ यो किराले आक्रमण गरेको ठाउँमा कस्तो दुर्गति ल्याउन सक्छ होला?
झुन्ड अवस्थामा यिनीहरु धेरै उचाईसम्म उड्न सक्छन् । यसको झुन्डहरु ७००० फीटसम्मको उचाईबाट प्रतिघन्टा २०(२४ कि.मी को रफतारमा उड्न सक्छन ।
यही गतिमा हिँड्दा नेपालको पूर्वी भागबाट पसेको सलह तीनदेखि चार दिनमा पश्चिम भागसम्म पुग्छ ।
यही हिसाबले नेपालको दक्षिण तराईको भागबाट यसले दुईदेखि तीन दिनसम्म उत्तरी सिमाना पार गर्न सक्ने देखिन्छ्र सलहको फुल पार्ने क्षमता अत्यधिक हुन्छ र फुलको एउटै थुप्रोबाट हजारौं सलहहरू निस्कन्छन् ।

अरु कीराहरु कुनै निश्चित समूहको बालीमा मात्रै खाने गर्दछन् भने सलह व्यापक जातको बाली र अझै भनौँ बोटबिरुवा पनि खाने गर्दछ । ठाँउ र समयसँगै यी कीराहरू आफ्नो रंग र रुप पनि परिवर्तन गरेको पाइन्छ ।
यसको उत्पति
पूर्वी अफ्रिकाबाट सुरु भएको सलह अहिले आएर मध्यपूर्व पाकिस्तान हुँदै नेपालको सीमा जोडिएको भारतसम्म आइपुगेको छ ।
संयुक्त राज्य अमेरिकामा सन् १८७४ दे १८७७ सम्मको अवधिमा सलहको आक्रमणबाट २० करोड डलरको नोक्सान अन्दाज गरिएको थियो ।

सबैभन्दा धेरै आक्रमण हुने देशहरुमा अफ्रीका महादेशका धेरै देशहरु इराक, साउदी अरेबिया, इरान, इजरायल, अफगानिस्थान, रसियाको दक्षिण भाग, पाकिस्तान र भारत हुन् ।
सन २०१९ को सुरुवात ताका केन्या तथा अन्य अफ्रिकी मुलुकमा देखा परेको सलह जुनसम्म पाकिस्तानको पूर्वी भागमा देखा पर्न थहालेको थियो भने २०२० जनवरी २९ मा यसलाई राष्ट्रिय आपतकाल घोषणा गरेको थियो।
त्यस्तै गरी सलह अहिले भारतको ५ प्रदेशहरु राजस्थान, महाराष्ट्र, मध्य प्रदेश, गुजरात तथा उत्तर प्रदेशमा पनि देखा परीसकेका छन् ।
नेपाल उत्तर प्रदेशको सबभन्दा नजिक परेको हुनाले अब हाम्रो देश सलहको चपेटमा पर्न सक्ने सम्भावना बढी छ ।
सलह किरा को अवस्थाहरु
सलह किराको विभिन्न जातिहरु छन् ्र तेसमध्य सबै भन्दा विनासकारी मरूभूमिको सलह हो । सलहका दुई अवस्था हुन्छन् ।

( एक्लो अवस्था र झुन्डमा रहने अवस्था जब यिनको सङ्ख्या ज्यादै काम हुन्छ तब यी फाटफुट एक्लै देखिन्छन् तर जब यिनको सङ्ख्या धेरै हुन्छ यिनीहरु एकै ठाउमा झुन्ड बनाएर बस्दछन् ।
यो अवस्थामा रहदा यिनको शारीरिक रङ पहिले गुलाबी अनि खैरो र पछि गएर पहेंलो हुन्छ । यिनीहरु बाट जन्मेका बच्चाहरु पनि उक्त दुवै अवस्थामा रहन्छन ।
बच्चा अबस्थामा यिनको पखेटा राम्ररी आइसकेका हुदैनन् त्यसैले गर्दा तिनीहरु उड्न भने सक्दैनन् ।
सलहको जिवन चक्र
पोथी सलहले बलौटे माटोमा १०–१५ सेन्टिमिटर तल थुप्रो–थुप्रोमा फुल पार्दछ । फुलको आकार चामल को दाना जस्तो लामो हुन्छ ।
१ थुप्रोमा ४० देखि १२०ओटासम्म फुल हुन्छन् । त्यो परिसकेको फुललाई सलहले च्यापच्यापे पदार्थले ढाकेको हुन्छ जुन पदार्थ यसले आफ्नै शरिरबाट निकाल्ने गर्छ ।
उपयुक्त तापक्रम अनि आद्रता मिलेको २–४ हप्तापछि यी फुलबाट सलहका बच्चाहरु निस्केर झुण्डमा येताउती घुम्न लाग्छन् र पाएको हरियो पदार्थ खान्छन् ।
५ पटक काचुली फेरेपछि ४ देखि ६ हप्तापछि वयेस्क हुन्छन् । यिनको जिबन अबधि भने ३ देखि ५ महिनाको हुन्छ । र एक वर्षमा यिनको २ देखि ४ पुस्ताहरु निस्किन्छन् ।

नेपालमा यसको प्रकोप
भारत संग सिमाना जोडिएको र छिमेकि मुलुकमायसको प्रकोप धेरै नै देखिएता नेपाल पनि अहिले यो किराको उच्च जोखिम क्षेत्रमा परेको छ ।
पाकिस्तान हुँदै भारतका राजस्थान राज्यमा प्रवेश गरेको सलहले अन्नबालीमा ठूलो क्षति गरेको छ।
भारतको विविन्न राज्यहरूमा यसको प्रकोप जेठ महिनादेखि असोजसम्म देखिने गथ्र्याे भने अहिलेको अवस्थामा वैशाख–जेठबाट नै प्रकोपको रूपमा देखिएको हुनाले यसले आफ्नो आनुवांशिक गुण बदलेको र यसको वृत्ति विकासका लागि उपयुक्त हावापानी पाउन थालेको भन्ने बुज्न सकिन्छ ्र हालसालै भारतमा यो किराले पाँच लाख हेक्टर क्षेत्रफलमा लगाइदिएको बालीलाई पूर्ण रुपमा क्षति पुयाइसकेको अनुमान गरिएको छ ।
भारतको पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, उत्तर प्रदेशमा देखापरिसकेको सलहले ठूलो क्षेत्रफलमा लगाइएको गहुँ, तोरी, कपास, मकै, मसला बालीहरू पूर्णरुपमा क्षति पुर्याइिसकेको छ ।
पञ्जाब, उत्तर प्रदेश र मध्यप्रदेशमा यो सलह फैलिन थालिसकेको छ ्र नेपालको सिमानासंग जोडिएका भारतीय प्रदेशहरुसम्म यो सलहको प्रकोप देखिन थालेको छ र यसको असर नेपालको तराई भूभागमा उच्च देखिने सम्भावना बढ्दो छ ्र मनसून सुरुवात भए लगत्तै एसको प्रजनन सक्ति बढ्ने र यसको प्रकोप बढ्न गई नेपालमा प्रवेश गर्ने सम्भावना बढेको देखिन्छ ।
नेपाललगायत संसारका सबैजसो भू–भागमा वातावरणीय परिवर्तन भई केही न्यानो बढ्ने हुँदा सलहका लागि उपयुक्त वातावरण बनेको देखिन्छ ।

एफएओले फेबु्रअरी महिनामै अहिलेको सलहको कारण ठूलो क्षति हुने बताएको थियो ।
सलहका केहि रोचक तत्थ्यहरु
- २७ देखि ४० डिग्रीको तापक्रम हुँदा दिउँसै र ४० डिग्रीभन्दा बढी भए राति सलह एक स्थानबाट अर्को स्थानमा जाने गर्छन् ।
- यसले एक दिनमा १ सय ५० किलोमिटरसम्मको यात्रा गर्ने गर्छ ।
- यी एउटाको नक्कल गर्ने स्वभावका हुन्छन्। लाखौँ लाखको किराको समूह हुन्छ, उनीहरु झुरुप्प भएर बस्छन्, उड्दा एकले अर्कोलाई पछ्याउँदै जाने गर्छन् ।
- सलह जहाँ पुग्छ, त्यहाँ भोकमरी लाग्ने निश्चित हुन्छ्र नेपालमा पनि मल्लकालमा सलहले बालीनाली खाएर नेपालमा भोकमरी नै भएको इतिहास छ ।
- १३ र १४ औं शताब्दीमा पनि सलहको कारण काठमाडौंमै भोकमरी लागेको थियो ।
- सलहलाई मानिसहरुले खानाको रुपमा पनि प्रयोग गर्ने गरेको पहिन्छ्र क्रिकेट किरा पछि सबै भन्दा धेरै खायिने किराको रुपमा यसलाई लियिन्छ ।
- सलह कति समयमा एक स्थानमा बस्छ भन्ने निश्चित हुँदैन ।
- जहाँ समुद्री आँधी बढी हुन्छ, त्यस्ता ठाउँमा यसलाई टाढाटाढासम्म उडछन् ।
- खान नपाएमा सलहले एकअर्कालाई खाएर भोक मेटाउछन ।
- समुन्द्रमा एक हुल बसिसके पछि तिनीहरु डुबेर मर्छन र अर्को हुल त्यसमाथि बसेर जीवित रहन्छन् ।
- वर्षातको मौसममा सलहले प्रजनन् गर्ने र समूहको संख्या बढाउने उच्च देखिन्छ ।
सलहको रोकथाम
सलह जहिले पनि समूह र अत्यधिक मात्रामा हुने भएकोले रोकथाम अत्यन्तै कठिन हुने गर्दछ ।

यसको रोकथाम गर्न को लागि यसका फुल, बच्चा, माहु तिनै अवस्था मा रोकथाम गर्नुपर्दछ । यसको रोकथाम त्यति प्रभावकारी नभए पनि कुनै हदसम्म हामीले यसको असर कम गर्न सक्छौँ ।
- बच्चा अवस्थामा यो किरा उड्न सक्दैन तर यताउता हिडिरहन्छ तसर्थ यस समयमा एसको बच्चालाई मार्न सकेपनि यसबाट हुने क्षति कम गर्न सकिन्छ ।
- माउ अवस्थामा भएको किरा लाई नीमबाट बनेको किटनासक प्रयोग गरि जोखिम कम गर्न सकिन्छ्र नीमले उपचार गरेको खाद्यबस्तु सलह ले खादैन् ।
- यिनीहरु भुइमा बसेको अवस्था मा लाठीले कुटेर, जालीले समाएर कुनै हदसम्म नस्ट गर्न सकिन्छ्र विभिन्न ज्वाला फ्याक्ने यन्त्रको मद्धतले पनि यिनीहरु जलाउन सकिन्छ ।
- बोटबिरुवामा बस्न लागेको अवस्थामा खर, पराल र झारपात अधि बालेर धुवा निकालेर बस्न नदिई उडाउन सकिन्छ ।
- सलहका पोथीहरुले बलौटे माटोमा अन्डा पार्ने भएकोले यस्ता स्थान पत्ता लगाई माटो खनेर फुलहरुलाई नस्ट गर्न सकिन्छ, यसो गर्दा फुलबाट निस्किने बच्चा र माउको जोखिम कम हुन सक्छ्र ।
- सलह भगाउन आवाज उत्पादन गर्ने यन्त्रको प्रयोग गर्ने ।
- हाँस जस्ता चराहरुले एक दिन मा २०० वटा जति सलह खान सक्ने भएकोले यसको उचित प्रयोग गर्न सकिन्छ।
- मेटाराह्जियम एनसोपिलाई नामक जैविक विषादी जुन बजारमा सोमस्टार, बायोसाईड, सोमस्टार वा पेसर आदिले सलहलाई करिब ८०५ सम्म मारेको तथ्याँक रहेको छ ।
- हाल प्रयोगमा आएका विषादीहरूमा मालाथिएन, फेनिट्रोथियन प्रमुख छन् । यो किराको सम्भावित आगमन अगाडि नै मूल्यांकन गरी बाली बचाउनका लागि विषादी पनि छर्ने गरेको पाइएको छ ।
हालसम्म यसको रोकथाम को कुनै निश्चित र प्रभावमुलक तरिकाहरु त छैनन् तर संसारभर प्रयोगमा आएका आईपीएम प्रविधिहरू जस्तैः जैविक विधि, खेतबारीमा परिवर्तन गरेर गरिने नियन्त्रण, आदि उपयुक्त विधिहरूको खोजी कार्य भने पनि तीव्र भइरहेको छ ।
लेखक सुस्मिता लामिछाने कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान, पक्लिहवामा बिएससी एजी छैँठौँ सिमेस्टरमा अध्ययनरत हुनुहुन्छ, समय समयमा उहाँले जानकारीमुलक लेखहरु समेत लेख्नुहुन्छ ।






