Home / Nepal / News / पूर्वपश्चिम राजमार्गको मेचीनगरमा सवारी दुर्घटनाहुदा एकजनाको मृत्यु

पूर्वपश्चिम राजमार्गको मेचीनगरमा सवारी दुर्घटनाहुदा एकजनाको मृत्यु

झापा : पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटनामापरी एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्य छन्।

शुक्रबार मे११प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। घाइते आचार्यको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचार भइरहेको छ। दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *