Home / Society / आज तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

आज तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञाव विभागले आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानमा बाढी तथा पहिरोबाट सतर्क रहन विभागले आग्रह गरेको छ ।

यस्तै आज राति देशभर सामान्य देखी पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका केही स्थानमा तथा प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *